झापा–डा. सन्दुक रुइत श्रीप्रसाद ओली स्मृति पुरस्कार’ बाट सम्मानि हुने भएका छन् । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिने डा. रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिन लागेका हो ।


ADVERTISEMENT


रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले पाँच लाख राशी बराबरको उक्त पुरस्कार प्रदान गर्ने भएका छन् । आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कार आगामी वैशाख ४ गते रुइतलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजलाई यस्तै उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्न पुरस्कार वितरण गर्न लागिएको उनले बताए ।

यस्तै, यो वर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिने भएको छ । उनलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित सम्मान गरिनेछ ।

तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय आविष्कारक उनले मिनी एरोप्लेन, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गरेको छ । उनलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गर्न लागिएको प्रतिष्ठानका सचिव नारायणप्रसाद ओलीले जनाए ।