काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।


ADVERTISEMENT


महिला उद्यमी महासङ्घद्वारा शुक्रबार ललितपुरमा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको परिवेशमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएपनि सन्तुष्ट हुने अवस्था भने नरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै यसलाई निरन्तर बढाउदै लैजाने जिकिर गरे ।

महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा बिभिन्न महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो ।