काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न दिइएको अनुमतिबारे अनुसन्धान गर्न छानबिनन समिति गठन गरेको छ । गृह मन्त्रालयले प्रसाईँका बडीगार्डसँग भेटिएको हतियार र उनीहरुले दिइएको अनुमतिबारे अनुसन्धान गर्न ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।


ADVERTISEMENT


सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमामा बनेको समितिमा गृह मन्त्रालयका उपसचिव (कानून)का ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक सन्तोष भट्टराई, र गृह मन्त्रालयका उपसचिव सदस्य रहेका छन् ।


ADVERTISEMENT

# # #


उक्त हतियार सर्वोच्च अदालतबाट कानून विपरित इजाजतपत्र जारी भएको देखिन आएकोले सो इजाजतपत्र के कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानविन गर्न तथा अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्नु भनी आदेश जारी भएकोले व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्न समिति गठन गरेको जनाइएको छ । उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ।

गत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित दुर्गा प्रसाईंको अंगरक्षक दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए । उनीहरुले दुर्गा प्रसाईंले अनुमति लिएको हतियार बोकेका थिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२को पेस्तोल लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका थिए ।

यस सम्बन्धमा चैत्र १४ गते बसेको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले गृहमन्त्री रवि लामिाछनेलाई प्रसाईँका बडीगार्डसँग भेटिएको हतियारको विषयमा प्रश्न उठाएका थिए । समग्र उपत्यकाको सुरक्षाको अवस्थाबारे प्रश्न गर्दै पन्तले त्यो स्तरको हतियार राख्न दिनु कत्तिको उपयुक्त हो ?’ भन्दै प्रश्न गरेका थिए ।