काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके आफू पदबाट हट्न समेत पछि नहट्ने बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबार बिहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नतिजा दिन नसकिए आफूले पदबाट हटेर अर्को उथलपुथल गर्नसक्ने बताएका हुन् । यद्दपि आफूले अरुलाई उथलपुथल गर्ने नभनेको बताए ।


ADVERTISEMENT

# # #


‘उथलपुथल त पहिल्यै भनेको थिएँ । म के भन्छु भने साँच्चै नै कुनै पनि काम अगाडि बढ्न सकेन भने मैँले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो अरुलाई भनेको होइन, मेरै लागि ।’ उनले भने, ‘कामै गर्न सक्ने स्थिति भयो भने पद ओगटेरै बसिराख्नु हुँदैन भनेर मैँले भनेको छु ।’

उनले आफूले प्रधानमन्त्री पदको सुरक्षाका लागि अर्को गठबन्धन नबनाएको दाबी गर्दै उनले थपे, ‘पद त मेरो सुरक्षित नै थियो । तर काम अझ तीव्र गतिमा गर्न सकियोस्, सुशासन अझ तीव्र गतिमा कायम गर्न सकियोस् भन्ने हो । त्यो पनि हुन सकेन भने त पद ओगटिराख्नुको औचित्य पुष्टी हुँदैन । यो कुरामा म सचेत छु ।’

उहाले तीन तहका सरकारको बीचमा प्रभावकारी समन्वय कायम गर्न संविधानमा उल्लेखित एकल तथा साझा अधिकारका विषयमा नेपाल सरकारको कार्यविस्तृतीकरण प्रतिवेदनलाई परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा पुगेको बताए ।

उनले तीन तहको समन्वयको लागि विद्यमान संवैधानिक र कानुनी संरचना तथा संयन्त्रको सबलीकरण गर्दै प्रभावकारी परिचालनमा विशेष ध्यान दिन निर्देशन दिए ।