काठमाडौँ – नेपाल प्रहरीले पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी परेको जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो एक बर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलव्धीहरुका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले १ बर्षको अवधिमा ५९ हजार भन्दा धेरै उजुरी परेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


सवैभन्दा धेरै काठमाडौं उपत्यकामा १७ हजार ३ सय ९७ मुद्दा र सवै भन्दा कम कर्णाली प्रदेशमा १ हजार ९ सय ६५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । दर्ता भएका उजुरीमध्ये सवै भन्दा बढि बैंकिङ कसुर मुद्दामा १३ हजार २ सय ७७ उजुरी दर्ता भएको प्रवक्ता ढकालले बताए । सोही अवधिमा १३ हजार १ सय २२ जना फरार अपराधीहरुलाई नियन्त्रणमा लिइ सजायको लागि सम्बन्धित अदालतमा पेश गरिएको उहाले जानकारी दिए ।

त्यस्तै नेपालमा अपराध गरि विदेश गई लुकेका १३ जना फरार अपराधीहरुलाई इन्टरपोलमार्फत पक्राउ गरि नेपाल ल्याइएको र १२ जनालाई रेडकर्नर नोटिस र एक जनालाई डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । त्यस्तै राजस्व संकलनतर्फ ६ अर्व ६३ करोड ३९ लाख ३२ हजार १ सय ७८ रुपैया जम्मा भएको प्रहरी प्रवक्ता ढकालले बताए ।

नेपाल प्रहरीमा हाल ७९ हजार ५ सय ४१ मध्ये ७६ हजार २ सय ५२ जनशक्ति कार्यरत रहेका छन् ।