काठमाडौँ– एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टीमको बिदाइ गरिएको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा क्यानले आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगाएत क्यान पदाधिकारीहरुले नेपाली टोलीको बिदाइ गरेका हुन् ।


ADVERTISEMENT

# # #


विदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले आगामी सिरिजको तयारी राम्रो भएको र भारतमा हुने अभ्यास खेलले थप उर्जा प्राप्त हुने बताए । उनले सरकारले घोषणा गरेको पुरस्कार आधा मात्रै पाएको भन्दै बाँकी रकम छिटै प्राप्त हुने विश्वास व्यक्त गरे । उनले आगामी वल्र्डकपको तयारी पनि रामै भइरहेको जानकारी दिए ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्रिकेटको यो बर्ष निकै महत्वपूर्ण भएको र नेपालका लागि अवसर भएको बताए । उनले खेलकुदमन्त्रीबाट पनि निकै प्रोत्साहन पाएको बताए ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीलाई सरकारले दिने भएको पुरस्कारको रकम छिटै प्रदान गर्ने बताए । राष्ट्रिय एकतालाई कायम गर्न सक्ने माध्यम खेल क्षेत्र भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । उनले खेल क्षेत्रको नितिगत सुधारका लागिरहेको धारणा राखे ।

टि–२० विश्वकपको तयारी स्वरुप नेपाली टोली अभ्यास खेल खेल्न भारत जान लागेको हो । त्यसपछि नेपाली टोलीले एसीसी प्रिमियर लिग समेत खेल्नेछ ।