विराटनगर– मोरङको विराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


बुधवार ढाटस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री ३९ वर्षीय मेघराज मण्डल २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगरसहित भारत जोगवनीका ३२ बर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।