बागलुङ– दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन ।


ADVERTISEMENT


खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।


ADVERTISEMENT

# # #


बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । दुवै याममा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन सडक भए पनि बरेङ गाउँपालिकासँग जोडिएका छैनन् तर गाउँपालिकाले कालीगण्डकी करिडोरसँग जोड्न सडक निर्माण गरिसकेको छ ।

दुई जिल्लालाई जोड्ने यो सडकलाई दक्षिण बागलुङ ‘व्यापारिक सडक’का रूपमा लिइन्छ । बरेङ क्षेत्रका लागि जिल्ला सदरमुकाम बागलुङ बजार अपायक पर्छ । प्रशासनिक कामबाहेक यहाँका अधिकांश स्थानीय बुटवल जाने गर्छन् । दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने सडकको दुरावस्था सम्बोधनका निम्ति राज्यको नजर नपरेकामा स्थानीय खिन्न छन् ।

गाउँपालिकाले बरेङडाँडाबाट पालिकाको कार्यालय सुँडालासम्म सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण र ग्याबिन उठाइएको छ ।

सडक कालोपत्र गर्न बजेट अभाव भएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले दुखेसो गरे। कालोपत्रका लागि धेरै बजेट लाग्ने तर पालिकाको बजेटले नभ्याउने उनले बताए।

गुल्मीको शान्तिपुर र बुटवल व्यापार तथा अन्य कामका लागि नजिक भएको हुँदा आवतजावत बाक्लो हुने उक्त सडक अपरिहार्य भएको अध्यक्ष शर्मा बताउँछन्।