काठमाडौँ– एभरेष्ट बेैंकले सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक–२०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुलक्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजारभन्दा बढी विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराइएको थियो ।


ADVERTISEMENT

# # #


‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइको थियो ।