काठमाडौँ – ब्यूटीशियन क्षेत्रमा कहलिएको जुम ब्यूटी एकेडेमीले काठमाडौँको बौद्धमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ।काठमाडौँस्थित बौद्ध हेरिटेजमा आयोजित एकेडेमीको होली कार्यक्रममा सु–प्रशिद्ध गायक धिरज राइले सांगीतिक माहौल तताएका थिए ।


ADVERTISEMENT


एकेडेमीकी ब्राण्ड एम्बेस्टर नायिका केकी अधिकारीको उपस्थितीमा भएको कार्यक्रममा नेपाली माइकल ज्याक्सनको उपनामले परिचित गायक राइले सांगीतिक प्रस्तुती दिँदा होलीको रंगमा रंगिएका युवा युवतीहरुको उमंग प्रष्ट देख्न सकिन्थ्यो ।


ADVERTISEMENT

# # #


जाँदै छु टाढा, सोल ढोले सोल, लुकी लुकी, जाउ जाउ समाउ, हिमाल नझुकेसम्म जस्ता गीतहरु बजारमा ल्याएर सर्वाधिक हिट भएका गायक राइ पछिल्लो समय भने बुद्ध वाज बर्न इन नेपाल अभियान चलाउँदै विश्व यात्रामा छन् ।

 

कार्यक्रममा नायिका अधिकारीले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् भने जुम ब्यूटी एकेडेमीका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले कार्यक्रममा सहभागी सबैलाई विशेष धन्यवाद दिँदै गायक राई र ब्राण्ड एम्बेसेडर अधिकारीलाई मायाको चिनो वितरण गरेका थिए ।