काठमाडौँ– धुम्वराहस्थित ह्याम्स अस्पताल ‘वेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ ।


ADVERTISEMENT


न्यू बिजनेश एज प्रलिद्वारा आयोजित ‘न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड’ को आठौं संस्करणमा ह्याम्स अस्पताललाई सो अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड ह्याम्सका अध्यक्ष आरएस भण्डारी तथा कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मालाई हस्तान्तरण गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा १० ओटा संस्थागत एउटा लाइफटाइम एचिभमेन्ट विधा गरी कुल ११ विधामा अवार्ड प्रदान गरिएको थियो। अन्य विधामा ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’, ‘वेष्ट म्यानेज्ड होटल अफ दि इयर’, ‘वेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’, ‘वेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इयर’, ‘वेष्ट डेभलपमेन्ट बैंक अफ दि इयर’, ‘वेष्ट फाइनान्स कम्पनी अफ दि इयर’, ‘वेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ र ‘वेष्ट ननलाइफ इन्स्योरेन्स कम्पधनी अफ दि इयर’ विधामा अवार्ड वितरण गरिएको थियो ।

विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्ति छनोट गरिएको आयोजकले जनाएको छ।