जनकपुर– जनकपुरधाममा यसवर्षको मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।


ADVERTISEMENT


मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको परिक्रमा सोमबार जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन भएको हो ।


ADVERTISEMENT

# # #


मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रमा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर मिथिला माध्यमिकी परिक्रमा गरिन्छ । मध्याह्नपूर्व सम्पन्न गरिने यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको थियो ।

अन्तर्गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ । त्रेता युगमा श्री राम र जानकीले जनकपुरधाम वरपर विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ ।

मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ । यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ ।

मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर्गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ ।