काठमाडौँ – ‘ग्लोबल मनी वीक–२०२४’ को अवसरमा कृषि विकास बैंक लि. प्रदेश कार्यालय वीरगञ्जले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT


बैँकको प्रदेश कार्यालयले विहिबार वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकको उच्च व्यवस्थापनबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक राम प्रसाद गजुरेलले गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा. विनय श्रेष्ठ, कृषि विकास बैंक लि. शाखा कार्यालय बीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय वीरगञ्जका शाखा प्रमुख प्रविन श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

उक्त कार्यक्रमको शुरुवातमा कृषि विकास बैंक शाखा कार्यालय, वीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटीले स्वागत मन्तव्य राख्दै ‘ग्लोबल मनी वीक–२०२४’को शुरुवात सन् २०१२ मा भएको र हालसम्म आइपुग्दा विश्वका १७६ भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिएको उल्लेख गरे ।

कार्यक्रमको मुख्य स्रोतव्यक्तिको रुपमा रहेका उप–महाप्रबन्धक डा.बाबूकाजी थापाले ‘ग्लोबल मनी वीक’ को अवधारणा, महत्व एवं कृषि विकास बैंककले वित्तीय साक्षरता अभिबृद्धिको लागी गरि रहेको कार्यक्रमहरु साथै बैंकका सेवाहरु बारे समेत संक्षेपमा जानकारी गराए । विभिन्न श्रव्यदृष्यहरुको माध्यमबाट सहभागी विद्यार्थीहरु समक्ष ‘ग्लोबल मनी वीक–२०२४’ को उद्देश्य प्रष्ट पार्नुका साथै कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुसंग अन्र्तक्रिया गरिएको थियो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्यले बैंकिङ्ग सेवाहरुमा आएको आधुनिकताले बैंकिङ्ग सरल र सहज हुदै गएको उल्लेख गर्दै बैंकबाट लिएको कर्जाको पूर्ण सदुपयोग तथा वित्तीय अनुशासनको पूर्ण पालना गर्नुपर्ने धारण राखे ।

कृषि विकास बैंक लि. प्रदेश कार्यालय बीरगञ्जका निर्देशक राम प्रसाद गजुरेलले बैंकको तर्फबाट नियमित रुपमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरि रहेको र यूवाहरुमा यस्तो कार्यक्रमको प्रभावकारिता र आवश्यकता अझ बढी रहेको धारणा व्यक्त गरे