काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुले देशव्यापी रुपमा ‘ग्लोबल मनी वीक–२०२४’को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।


ADVERTISEMENT


‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौँ’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी सांग्रिलाका शाखाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागिता जनाएका थिए । मार्च १८ देखि सुरु भएको यस साताव्यापी कार्यक्रम मार्च २४ सम्म वित्तीय साक्षरता सम्वन्धि कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा सञ्चानमा रहने बैँकले जनाएको छ ।

बैंकले देशभर ११२ शाखा कार्यालयहरु, ३० एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।