विराटनगर – झापा, ईलाम र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ११ जनालाई पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ वर्षीय बिक्रम मगर र सुनसरीको ईटहरी उपमहानगरपालिका–४ का ५२ बर्षीय पदम निरौला रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीले मंगलबार १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न. १–००२–०४४प ३८१ नम्बरको मोटरसाईकलसहितनियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


यस्तै जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले मंगलबार राती ९ बजे इलामको इलाम नगरपालिका–७ टुडिखेल स्थितबाट स्थानीय ३० बर्षिय राकेश पाँचकोटी र उनकै श्रीमती २९ बर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ बजे झापाको बाह्रदशी गाउँपालिका–२ बिरिङ पुल स्थितबाट मे ७ प १०२७ नम्बरको मोटरसाईकल चालक झापाको झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाईकल पछाडि सवार २६ वर्षीय मोहम्मद हुसेन र २१ वर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम लागुऔषध ब्राउन सुगर र मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो ।

यसैगरी इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे झापाको गौरादह नगरपालिका– का २८ बर्षीय बिशाल सुब्बा, २६ वर्षीय सुजन अधिकारी, ३५ वर्षीय राजकुमार ताजपुरिया र २८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।

लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।