जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुनः गठन गरेका छन् । मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरुलाई हटाएर एमाले संसदीय दलका नेता सरोज यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।


ADVERTISEMENT


मन्त्री यादवलाई सोमबार नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।


ADVERTISEMENT

# # #


एमाले नेता सरोजकुमार यादव २०७९ पुस २७ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो । तत्काल एकजना मात्रै सरकारमा सहभागी भएपनि पछि पुनः ३ जना सरकारमा सहभागी हुन सक्ने एमाले मधेश प्रदेशले जनाएको छ ।