राहुल गुप्ता, बारा – सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष बहादुर सिंहले आफ्नो मातहातका युनिटहरुलाई सीमा नाकामा हुने विभिन्न किसिमका तस्करी रोक्न कडाईका साथ लाग्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


एसपी सिंहले विगत लामो समयदेखि चल्दै आएको तस्करी धन्दालाई रोक्न सशस्त्र प्रहरी कठोर बन्नुपर्ने भन्दै सीमाना निगरानी बढाउन निर्देशन दिएका हुन् । सीमा नाकामा खटिएका प्रहरीहरुले कुनैपनि अनैतिक कार्यबाट आर्थिक लाभ लिन खोजे सिधै कानुन बमोजिम कारवाही गरिने चेतावनी दिए ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणको जिम्मेवारी सम्हालेकै दिनदेखि सीमा नाकाबाट लागू औषध, हुन्डीको रकमसहित कारोबारी, राजस्व छली गरी ल्याइएका मालसमानहरु बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक सिंहले दावी गरे ।

त्यस्तै सीमा नाका वरिपरीका गाउहरुका स्थानीयवासीहरुले हाल सशस्त्र प्रहरीको कार्य राम्रो र निगरानीमा पनि बढोत्तरी भएको कारण राहत भएको महसुस गर्न थालेका छन् । ग्रामीण भेगहरुबाट बढ्दै गएको तस्करी र चोरीका घटनाहरुका कारण आजित भएको बारावासीले हाल चयनको सास लिन पाएको महसुस गरेको कलैया उपमहानगरपालिका वडा नम्बर १० का स्थानीयहरुले बताएका छन् ।

बारा र पर्सा जिल्लाको सीमा मुसहर्वादेखि बारा र रौतहटको सीमा कचोर्वासम्मका स्थानीयहरुले सशस्त्र प्रहरीको सक्रियताले सुरक्षाको अनुभूति गराएको स्थानीयको भनाई छ ।