रामेछाप – नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले अहिलेको परिवेशमा कांग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन्।


ADVERTISEMENT


रामेछाप जिल्लामा आइतवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी सञ्चालनको शैली समयानुकुल बनाउन पर्ने धारणा राखेका हुन्।


ADVERTISEMENT

# # #


जिल्ला सभापती कान्छाराम तामाङ, पूर्वसभापती रामचन्द्र खड्का , रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने को उपस्थितिमा स्थानीय कार्यकर्ताले बिपीपुत्र कोइरालाले १५ औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिन माग गरेपछी फरक ढंगले पार्टी सञ्चालन गर्ने योजनासहित आफूले नेतृत्व गर्ने बताए।

‘तपाईंहरुको आग्रह जायज छ सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापती बनेर अहिले भन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ।’, कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने ।

यस अघि सहिद गंगालाल फाउण्डेसनले रामेछापमै आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सक र राजनिती दुई पेशाबीच ठूलो भिन्नता उल्लेख गरे।

चिकित्सकले आफ्नो पेशामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनितिकर्मीले सम्पुर्ण रुपले आफ्नै राजनीतिलाई डोहोर्‍याउन नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

फाउण्डेसनको आयोजनामा सुरु बृहत् स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै कोइरालाले अन्य पेशाकर्मिको तुलनामा चिकित्सकले बढी विवेक पुर्‍याउनुपर्ने उल्लेख गरेका हुन्।

बिरामिको शल्यक्रिया गर्नुपुर्व पैसा जम्मा गर्नैपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले उपचार गर्नु पहिले नै पैसा माग्ने चिकित्सकको व्यवहार सुधार्नुपर्नेमा जोड दिए।

‘डाक्टर भनेको पुर्णरुपमा विवेकशील बन्नुपर्छ , उपचार गर्नुपुर्व नै पैसा खोज्ने डाक्टरको के काम ?’,उनको प्रश्न थियो।

सोही अवसरमा कोइरालाले जिल्ला अस्पताल रामेछापका विभिन्न कक्षको निरीक्षण गरि जिल्लाको स्वास्थ्य सेवाको स्थिती बारे अस्पतालका मेशु केशव श्रेष्ठसँग जानकारी लिए। फाउण्डेसनको आयोजनामा सम्पन्न शिविरमा जिल्लाका ४ सय भन्दा बढी नागरिक लाभान्वित भएको सस्थाले जनाएको छ।