काठमाडौँ– भारतको केन्द्रीय निर्वाचन आयोगले लोकसभाको निर्वाचन मिति घोषणा गरेको छ । शनिबार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले १८ औं लोकसभा निर्वाचनको मिति घोषणा गरेको हो।


ADVERTISEMENT


आयोगले यसपालिको लोकसभा निर्वाचन ७ चरणमा गर्नेगरी मिति घोषणा गरेको हो । पहिलो चरणमा २१ राज्यका १०२, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणको मतदान १२ राज्यका विभिन्न ९४, चौथो चरणमा १० राज्यका विभिन्न ९६, पाँचौ चरणमा ८ राज्यका ४९ सिट, छैटौं चरणमा ७ राज्यका विभिन्न ५७ र सातौं चरणमा बाँकी सिटमा निर्वाचन हुने जनाइएको छ।


ADVERTISEMENT

# # #


४७.१ करोड महिला र ४९.७ करोड पुरुष गरि करिब ९६ करोड ८० लाख योग्य मतदाता भएको भारतको निर्वाचन विश्वले देखेको सबैभन्दा ठूलो हुनेछ । यसपालिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै, मत सर्वेक्षणले कीर्तिमानी तेस्रो कार्यकाल सत्तामा पुग्ने योजनामा रहेको नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ं र यसका सहयोगीले जित्ने भविष्यवाणी गरेको छ ।