काठमाडौँ – इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पहिचान पक्षधरहरुले डकेन्द्रसिंह थेगिम लिम्बुलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।


ADVERTISEMENT


प्रदेश न. १ पुनः नामाङ्कन सयुक्त सङ्घर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गरेका लिम्बुलार्ई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको जनाएको हो । थेगिमलाई किरात उक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचानसहितको प्रदेश न. १ पुनः नामाङ्कन अभियान समितिले समर्थन गरेका छन् ।


ADVERTISEMENT

# # #


उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थेगिमले आफू सबैको साझा उम्मेदवार बनेको बताए । उनले अहिले प्रदेश नं. १ मा उठिरहेको पहिचानको मुद्दा र संघर्षलाई निष्कर्षमा पुर्याउन पनि आफूलाई मत दिन आग्रह गरे ।

आफू निर्वाचित भएपछि प्रदेशको नाम खारेजी गरी पहिचानसहितको प्रदेश नामाङ्कन र सबै भाषाभाषी, धर्म, संस्कृति र इतिहासलाई सम्मान गर्ने गरी प्रदेशको नामाङ्कन गर्न पहल गर्ने उनले बताए । इलाम–२ मा रिक्त प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी २०८० वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।