काठमाडौँ – हिमालयन बैंक लिमिटेडले सिभिल बैँकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैँकिङ सेवा विस्तार गरेको छ ।


ADVERTISEMENT


बैँकले आइतबार बैँकको उक्त शाखाको उद्घाटन बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन् । उद्घाटन समारोहमा अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका थिए ।


ADVERTISEMENT

# # #


यसै गरी बैँकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी आइतबारदेखि सेवा सुचारु गरेको छ । हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।