काठमाडौँ– धितोपत्र ब्रोकर्श एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारण सभाबाट ४ वर्षका लागि नयाँ कार्यसमिति गठन भएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौँमा सम्पन्न संघको प्रथम साधारणसभाबाट अध्यक्ष सागर ढकालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।


ADVERTISEMENT

# # #


एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा अमृत तुलाधर, उपाध्यक्षमा अतिथलाल श्रेष्ठ र महासचिवमा कृष्ण गिरी चयन भएका छन्। कोषाध्यक्षमा भने सुमनकुमार मल्ल निर्वाचित भएका छन्।

कार्यसमिति १३ सदस्यीय रहेको छ। जसमा ५ जना पदाधिकारी छन् भने बाँकी ८ जना सदस्य निर्वाचित भएका छन् ।

सदस्यमा हरिप्रसाद वाग्ले, सन्दीपविक्रम राणा, भीमसेन गिरी, रजनिश ठाकुर, प्रोसनकुमार साह, विष्णुकुमार गिरी, संगीता तिमिल्सिना र महेश खनाल छन्।