एजेन्सी – विश्व रेस्टर स्टार तथा हलिउड अभिनेता जोन सेनाको आफ्नो कलाप्रतिको समर्पणको लागि प्रायः प्रशंसा गरिन्छ । उनी आफू संलग्न भएका परियोजनाहरूलाई प्रवर्द्धन गर्न मद्दत गर्न जुनसुकै किसिमको प्रयास गर्नेगर्छ । आइतवारको ओस्कारमा पनि त्यस्तै भयो ।


ADVERTISEMENT


९६ औं एकेडेमी अवार्डमा सीना ‘बेस्ट कस्ट्युम डिजाइन’को विजेता घोषणा गर्न स्टेजमा नग्न भएर पुगे । जसलाई लिएर अहिले विश्वभर चर्चा परिचर्चा भएको छ । उनको यो पारा देखेर दर्शक मात्रै होइन त्यहाँ उपस्थित ठूल्ठूला स्टारसमेत अक्क न बक्क परे । स्टेजमा ठूलो खामले आफ्नो गोप्य अंग छोपेर जोन सिना अप्ठ्यारो मान्दै आएका थिए ।


ADVERTISEMENT

# # #


हुन् त पुरस्कार समारोहका कारण मात्रै नभएर अन्य विविध कारणले पनि वर्षेनी ओस्कर चर्चामा रहने गरेको छ । सन् २०२२ मा ओस्कर समारोहमै कमेडियन क्रिस रकलाई अभिनेता विल स्मिथले थप्पड हानेका थिए । यो घटना त तपाईँमध्ये धेरैलाई अझै पनि यादै होला । यस पटकको समारोहमा अभिनेता जोन सीना निर्वस्त्र स्टेजमा गएका थिए ।

खामले खोप्य अंग छोपेकोले खाम खोलेर उनी मनोनयनमा परेको नामहरु घोषित गर्न सक्दैनथे । यसै क्रममा उनी होष्ट जिमी किमेलसँग ठट्टा गरिरहेको देखिन्थे । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘पुअर थिङ्स’ले सर्वोत्कृष्ट पोशाक डिजाइनको अवार्ड जितेको थियो । कपाल र मेकअप, उत्पादन डिजाइन र वेशभूषाका लागि लगातार दुई ओटा अवार्ड जितेर यो फिल्म उक्त रात ओस्क।मा पहिलो मल्टिपल ओस्कार विजेता बन्यो । यस फिल्मले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पनि हात पारेको थियो ।