काठमाडौँ – एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ ।


ADVERTISEMENT


बिर्तामोडको डोमालाल राजवंशी मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफ त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । एपिएफले आर्मिको आत्माघाती गोलको कारण फाईनल यात्रा तय गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७० औं मिनेटमा आत्माघाति भएको थियो ।


ADVERTISEMENT

# # #


दोस्रो सेमिफाइनलमा शनिबार झापा–११ र चर्च ब्वाइज युनाइटेड खेल्नेछन् । फाइनल खेल सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।