काठमाडौँ – नेपाल, नेदरल्याण्ड र नामिबिया सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेदरल्याण्डले जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक नेपाललाई ४ विकेटले हराउँदै उपाधि कब्जा गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनायो । १८५ रनको चुनौती पच्छ्याएको नेदरल्याण्डले १९.३ ओभरमा ६ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नामिबियालाई जित दिलाउने क्रममा माइकल लेभिटले अर्धशतकीय पारी खेले । उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै साइब्रान्ट इंगलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का ठोक्दै ४८ रन बनाउँदा विक्रमजित सिंहले २९ तथा म्याक्स ओडाउटले २२ रन जोडे । यस्तै टिम भान देर गग्टेनले ५ बलमा २ चौका र २ छक्का ठोक्दै नटआउट २१ रन हानेर नेदरल्याण्डलाई जित उपाधि जिताए ।

बलिङतर्फ नेपालका कुशल मल्लले ४ विकेट लिए । त्यसक्रममा उनले ३ ओभरमा ३३ रन खर्चिए । यस्तै अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीका नाममा समान १–१ विकेट रह्यो ।

यसअघि ब्याटिङतर्फ नेपालका आशिफ शेखले सर्वाधिक ४७ रन हाने । त्यसक्रममा उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । यस्तै गुल्शन झा २२ बलमा ३ छक्काको मदतमा ३४ तथा कुशल मल्ल ११ बलमा ३ छक्का हान्दै २६ रनमा आउट भए । कप्तान रोहित पौडेलले २५ रन जोडे भने कुशल भुर्तेल २० रनमा आउट भए ।

बलिङतर्फ नेदरल्याण्डका फ्रेड क्लासेन, टिम भान देर गग्टेन, माइकल लेभिट र साइब्रान्ड एंगलबर्डले समान २–२ विकेट हात पारे ।