काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियोग लागेका मन्त्रीहरुलाई कारवाही गर्न नसकेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले अभियोग लागेका व्यक्तिहरु झण्डा हल्लाउदै अख्तियारमा धाउने गरेको र विभिन्न प्रकरणमा संलग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरेका हुन् ।


ADVERTISEMENT

# # #


सुशासनको प्रश्नमा सरकार कति असफल भन्ने कुरा छर्लङ्ग भएको बताउँदै उनले भने, ‘अनुसन्धानकालागि मन्त्रीहरु झण्डा हल्लाएर अख्तियार धाईरहेका छन् ।’ अभियोग लागेर अनुसन्धानको प्रकृया सुरु भएपछि स्वतः पदरिक्त हुने व्यवस्था रहेको बताउँदै पोखरेलले सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको बताए ।

यस्तै, वर्तमान सरकार पूर्णरुपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको उनको राय छ ।

सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको भन्दै उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएका सुनाए ।