काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।


ADVERTISEMENT


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्दै आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।


ADVERTISEMENT

# # #


स्वर्गीय आचार्यलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री सुदन किराती, बिभिन्न दलका नेता, शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकार, सर्वसाधारण लगाएत नाट्य प्रज्ञा–प्रतिष्ठानमा पुगेका थिए ।

स्वर्गीय आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले गीत सङ्गीतका माध्यमबाट आचार्यले पुराउनुभएको योगदान अमर रहने बताए । उनले भक्तराज आचार्यको योगदानलाई राज्यले उच्च सम्मान गर्ने बताए ।

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् ।

 

स्व. आचार्यको श्रद्वाञ्जलि तस्बिरमा