काठमाडौँ – युवतीका गोप्या फोटो तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले नुवाकोट घर भइ टोखा बस्ने किरण थापालाई बुधबार गोङ्गबुबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार थापाले सामाजिक सञ्जाल फेसबुकमा साथी बन्ने क्रममा म्यासेन्जरमार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट गरेको र सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त तथा परिवारजनमा पठाएर चरित्र हत्या गरेका थिए । पीडित महिलाले आफ्नो सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने कार्य गरी चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि थापालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेका थापालाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा पक्राउ गरी अदालती कारबाहीको लागि सम्मानित काठमाडौ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।