ललितपुर – नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरूले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयको उठान गरेका छन् ।


ADVERTISEMENT


कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे। “हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ । कार्यक्रम समेत गर्न सकिएको छैन”, उनले भने


ADVERTISEMENT

# # #


कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो ।

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषयको कुरा उठान गरे । “आफ्नो मान्छे परे गठबन्धन ठिक, नपरे बेठीक भन्ने परिपाटीको कहिले अन्त्य हुन्छ ?”, उनले प्रश्न गरे । कोशीमा काँग्रेसले गठबन्धन गर्दा पार्टीलाई के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गरे ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय पार्टीको केन्द्रीय समितिले उल्टाउन नपाउने बताए । पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्ला नेतृत्वलाई दिनुपर्ने उनको माग थियो । रासस