काठमाडौँ – विभिन्न संवैधानिक आयोगहरुले लुम्बिनी प्रदेश लोक सेवा आयोगले निकालेको विज्ञापनप्रति आपत्ती जनाउदै रद्द गर्न माग गरेका छन् ।


ADVERTISEMENT


मुस्लिम आयोग, थारु आयोग, जनजाती आयोग, समावेशी आयोग, मधेशी आयोग, दलित आयोग र महिला आयोगले बुधबार ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालको संविधान बिपरित र समानुपातीक समावेशिताको सिद्धान्त विपरित लुम्बिनी लोक सेवा आयोगले पदपूर्तिको सूचना निकालेको भन्दै रद्द गर्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


लुम्बिनी प्रदेश लोक सेवा आयोगबाट गत माघ २६ गते प्रकाशित स्थानीय सरकारी सेवा अन्तर्गत सहायकस्तर पाँचौ तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको बिज्ञापन र फाल्गुन ३ गते प्रकाशित उत्त पदहरुकै संशोधित विज्ञापनमाथि गम्भीर ध्यानाकर्षण भएको संवैधानिक आयोगहरुको भनाइ छ ।

उक्त विज्ञापन नेपालको संविधानको प्रावधान र लुम्विनी प्रदेश निजामती सेवा ऐनको व्यवस्था विपरित रहेको थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए । उनले प्रदेश निजामती सेवा ऐनलाई कार्यान्वयन नगरि समानुपातीक समावेशीताको सिद्धान्तका साथै समग्र संवैधानिक प्रावधान एवं कानूनी व्यवस्था विपरित भएकाले रद्द गर्नुपर्ने धारणा राखे ।

त्यस्तै मुस्मिल आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कानुनसम्मत ढंगले पुन विज्ञापन आह्वान गर्नका लागि सम्बन्धीत निकायमा ध्यानाकर्षण गराए । उनले आरक्षणका लागि पटक पटक आवाज उठाएपनि पूर्णरुपमा कार्यान्वयन हुन नसक्नु दुखद रहेको धारणा राखे ।