काठमाडौँ — एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले जनमत गुमाइसकेपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अपराध गरिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


तीनै तहका चुनावमा पराजित भएका देउवाले न्यूतम राजनीतिक संस्कार नदेखाएको भन्दै गुरुङले देउवाका निर्णय एकैपटक खारेज गर्ने चेतावनी दिए । ‘देउवाले आर्थिक अराजकतामात्रै होइन गम्भीर आर्थिक अपराध गरेका छन्,’ उनले भने, ‘सरकारका निर्णयलाई नयाँ सरकारले उल्टाउँछ ।’


ADVERTISEMENT

# # #


देउवाले जनताप्रतिको उत्तरदायित्व बोध भएरभन्दा पनि अब सत्तामा आउन सकिंदैन भनेर मनपरी निर्णय गरेको गुरुङको भनाइ छ । ‘हामीले दिनुपर्दैन, तिर्नुपर्दैन, एमालेको सरकार बन्छ हेरौं के गर्छ भनेर आपराधिक सोचले ग्रस्त भएर निर्णय गरेको देखिन्छ, ‘यति विकृत मानसिकता बोकिएको छ कि, टिप्पणी गर्नसमेच लायक छैन ।’

मौजुदा कानुनमा टेकेर जे निर्णय भए पनि नयाँ सरकारले देश र जनताविरुद्धको निर्णयहरु खारेज गरेरै छाड्ने बताए । प्रदेश नम्बर ४ का मुख्यमन्त्री दाबेदार गुरुङले देउवाले गरेका राजनीतिक नियुक्तिहरु एउटा पनि बाँकी नछाड्ने भन्दै सबैलाई हटाइदिने चेतावनी दिए ।

बृद्धभत्ताको उमेर घटाउँदै सरकारकै आर्थिक सल्लाहकारकोरुपमा रहेको राष्ट्रिय योजना आयोगकोसमेत परामर्श नलिएकोमा आपत्ति जनाए । ‘एकातिर नेपालीको आयु वृद्धि भइरहेको छ, अर्कोतिर अर्थतन्त्रमा गम्भीर समस्याहरु देखिएका छन्, गुरुङको भनाइ छ, ‘आर्थिक वितरणजस्तो विषयमा वैज्ञानिक प्रणालीसम्म नअपनाएर के गर्न खोजिएको बुझिनसक्नु छ ।’

-कान्तिपुर