काठमाडौँ – नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले तरुण दलको जिल्ला कार्यसमिति सुनसरीको प्रसंशा गरेको छ । एक धन्यवाद पत्र जारी गर्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दल सुनसरीले विभिन्न समयमा मानव सेवा र सामाजिक क्षेत्रमा राम्रा काम गरेको भन्दै प्रसंशा गरेका हुन् ।


ADVERTISEMENT


जारी धन्यवाद पत्रमा भनिएको छ, ‘नेपाल तरुण दल सुनसरी जिल्ला कार्यसमितिले मानवसेवा र सामाजिक क्षेत्रका कार्यहरुमा समर्पित हुँदै हाम्रो गौरवशाली इतिहासलाई अझै ताजा र प्रेरणापुञ्ज बनाउँदै देशभरका तरूण साथीहरुमा उत्प्रेरणा प्रदान गरेको छ।’ नेपाल तरुण दल सुनसरीले विगतको विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को समयमा सर्वसाधारण नागरिकहरुको उद्धार, सेवा र सहयोगको कार्य गरेको, आर्थिक एवं सामाजिकरुपले अप्ठ्यारोमा परेका मानिसहरूको लागि साथ, सहयोग र सेवाको कार्य गरेको, बाढी, पहिरो र भुकम्प जस्ता प्राकृतिक विपत्तिहरूको समयमा अग्र पंतिमा रहेर गरेको आर्थिक र भौतिक सहयोग प्रशंसनीय रहेको तरुण दलले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै दुर्घटना एवं सामाजिक हिंसा तथा आर्थिक विपन्नता लगायतका क्षेत्रहरूमा सूक्ष्म अध्ययन गरी त्यसमा उद्धार एवं सहयोगको कार्य गरेको जाडो र ठण्डीबाट कट्या्ङग्रिन बाध्य गरिब, दुःखी नागरिकहरुको घरघर पुगी न्यानो कपडा र दाउरा वितरण गरी समाजसेवाको उत्कृष्ट नमूना कार्य गरेकोजस्ता कार्यहरूले तरुण दलका सदस्यहरुलाई हौसला र पैरण प्रदान गरेको अध्यक्ष गुरुङले जनाएका छन् ।

उनले भनेका छन्, ‘विगत केही समयदेखि निरन्तर ट्राफिक व्यवस्थापनमा सहजता प्रदान गरी सडक दुर्घटनालाई न्यून बनाउन सडकमा जेब्रा क्रसिङ निर्माण गर्ने कार्यले त झनै नेपाल तरुण दल सुनसरी सर्वत्र प्रसंसा र धन्यवादको पात्र बनेको छ ।’ जिल्लाका सबै तह र क्षेत्रहरूमा व्यापक संगठन निर्माण गरी नेपाल तरुण दलको इतिहासमा सुनसरी जिल्ला कार्य समितिले आफूलाई अब्बल सावित गरेको उनको भनाई छ ।

साथै अध्यक्ष गरुङले नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ लगायत जिल्ला कार्यसमिति लगायत दलको केन्द्रीय समितिलाई समेत धन्यवाद दिएका छन् ।