रामपुर, पाल्पा – नेपालकै चारधाममध्ये पर्ने ऐतिहासिक धार्मिक रुरुधाम क्षेत्र ओझेलमा परेको छ ।


ADVERTISEMENT


पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थलका रुपमा रहेको पवित्र कालीगण्डकीको किनारमा अवस्थित रुरु क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व अपार रहे पनि सो क्षेत्र ओझेलमा परेको छ ।


ADVERTISEMENT

# # #


सदरमुकाम तानसेनदेखि झण्डै ३० किलोमिटर पश्चिममा रहेको रुरु क्षेत्र पौराणिक मान्यताअनुसार रुरु कन्याले तपस्या गरी उनलाई सधैँका लागि त्यस स्थानमा बस्न बाध्य बनाएको भन्ने कथन रहेको छ । यस रुरु क्षेत्रमा कालीगण्डकी किनार नजिकै पुरानो ऋषिकेश मन्दिर छ । उक्त मन्दिर यहाँ रहेकाले पनि यसको महिमा र धार्मिक महत्व बढेको हो ।

रुरु क्षेत्रमा ऋषिकेश मन्दिर परिसरमा विभिन्न देवीदेवताका मूर्तिसमेत रहेका छन् । यहाँ विशेष गरेर माघेसङ्क्रान्तिमा वर्षेनी ठूलो मेला लाग्छ । माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशीलगायतका पर्वमा नदीमा स्नान गर्नेको घुइँचो लाग्छ । नेपालकै एकमात्र शालिग्राम पाइने नदी कालीगण्डकी भएकाले पनि रुरु क्षेत्रको धार्मिक महत्व अझ बढेको स्थानीयवासी श्रीराम रेग्मी बताउँछन् ।

रुरु क्षेत्रमा विवाह, व्रतबन्धलगायत काम यहीबाट सम्पन्न हुन्छ । ऋषिकेश मन्दिरमा भक्तजनको ठूलो चहलपहल हुनेगर्छ । स्थानीयवासी प्रकाश श्रेष्ठका अनुसार यात्रुले गाडीबाटै रुरुधामको भ्रमण गर्ने गरेका छन् । सवारी साधन गुड्ने पक्की बाटो भएकै कारण अहिले सो क्षेत्र ओझेलमा परेको श्रेष्ठको भनाइ छ । यसको गुरुयोजना बनाएर आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।