मनहरि (मकवानपुर)– राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान प्रक्रिया सकिएको छ ।


ADVERTISEMENT


हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा आज भएको मतदान प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए ।


ADVERTISEMENT

# # #


यहाँ पाँच जनाले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत सञ्जेलले जानकारी दिए । प्रदेशसभा सदस्य दुई र स्थानीय तहका तीन जनाले मतदान नगरेको उनको भनाई छ ।

स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, काभ्रेको चौँरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ र नुवाकोटका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले मतदान नगरेका हुन् ।

यसैगरी हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यद्धय शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी पनि मतदानमा अनुपस्थित भए । बागमती प्रदेशमा चार सिटका लागि छ दलका १५ जनाको उम्मेदवारी रहेको छ ।