काठमाडौँ – दक्षिण अफ्रिकामा जारी आईससीसी यू–१९ क्रिकेट विश्वकपको दोस्रो खेलमा पाकिस्तानविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ ।


ADVERTISEMENT


दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले पाँचौँ विकेटका रुपमा विपीन रावललाई गुमाएको हो । उनी ६८ बलमा ४ चौका र १ छक्काको मदतमा ३९ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान देव खनाल व्यक्तिगत २३ रनमा आउट भए । त्यसक्रममा उनले ३७ बलमा ३ चौका प्रहार गरे । यस्तै आकाश त्रिपाठी र अर्जुन कुमालले समान ६/६ रन तथा उत्तम थापा ४ रनमा पेवेलियन फर्किए ।

नेपालले यो समाचार तयार पार्दासम्म २९ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ९६ रन बनाएको छ । नेपाली इनिङ गुल्शन झा र दीपक डुम्रेले सम्हालिरहेका छन् ।

विश्वकपको अर्को चरणमा प्रवेश गर्नका लागि नेपाली टोलीलाई आजको खेल महत्वपूर्ण रहेको छ । पहिलो खेलमा न्यूजिल्याण्डसँग हार व्यहोरेपछि दबाबमा आएको नेपाल आज सकारात्मक नतिजा निकाल्ने लक्ष्यमा रहेको छ ।

१६ राष्ट्र सहभागी विश्वमपको समूह डीमा पाकिस्तान, न्यूजिल्याण्ड, नेपाल र अफगानिस्तान रहेका छन् । प्रत्येक समूहबाट उत्कृष्ट ३ टोली विश्वकपको अर्को चरणमा प्रवेश गर्नेछन् ।