काठमाडौँ– जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा बुधबारबाट शहीद सप्ताह सुरु भएको छ ।


ADVERTISEMENT


शहीदहरुको सम्झनामा काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माग १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन बुधबार शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान काठमाडौंको टेकुमा उनको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उनको स्मरण गरिएको छ ।


ADVERTISEMENT

# # #


नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित खरिको रुखमा शुक्रराजलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनअधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदान सम्झदैँ नेपाल भाषाको व्याकरण लेख्ने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै रहेको बताए ।

देशका लागि जीवन बलिदान गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ ।