काठमाडौँ – नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई ‘विन्टर अफर २०८०’ अफर उपलब्ध गराउने भएको छ । टेलिकमले भोलिदेखि लागू हुनेगरी ‘विन्टर अफर २०८०’ अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो ।


ADVERTISEMENT


टेलिकमका अनुसार यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार १ दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘स्टे कनेक्टेड प्याक’ अन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डाटा तथा रु. १३९ मा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

टेलिकमका अनुसार यसअघि उपलब्ध ‘अल टाइम भ्वाइस प्याक’, ‘अनलिमिटेड प्याक’, ‘डाटा प्याक’, ‘सोसल मिडिया प्याक’, ‘स्टे कनेक्टेड प्याक’, ‘एसएमएस प्याक’, ‘एमटुएम प्याक लगायत’का विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुने कम्पनीको भनाई छ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।