काठमाडौँ – सिजि मोटर्स प्रा. लि.ले विद्युतीय सवारी साधन ‘नेटा भी’ को बजार प्रवद्र्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।


ADVERTISEMENT


हाललाई काठमाडौँ उपत्यका लक्षित गरी आयोजना गरिएको एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधनसमेत नयाँ ‘नेटा भी’सँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाख रहने कम्पनीको भनाई छ ।


ADVERTISEMENT

# # #


‘स्वीच टु द प्योर इभी’ नारा दिइएको एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य ‘नेटा भी’ को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदूषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कुरा कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहेको कम्पनीले जनाएको छ । ‘नेटा भी’ गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किमीको ‘वारन्टी’ रहेको छ । यसका साथैे यसमा रहेको एचईपीटी २.० प्रविधिले ब्याट्रीलाई तात्न वा बढी चिसो हुन नदिने कम्पनीले जनाएको छ ।

नेटा भी हाल नयाँ ५० कि. वा. को एलएफपी ब्याट्रीसहित शोरुमहरुमा उपलब्ध छ । एलएफपी ब्याट्र हाल उपलब्ध ब्याट्रीहरु मध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा नेटा भि अब सबैभन्दा सुरक्षित ब्याट्रि युक्त तथा उही ३८० किमीको लामो रेन्जसहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको छ ।

यसका साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ ।