लुम्बिनी – रुपन्देहीको तिलोत्तमामा धार्मिक सद्भावको सन्देश दिन भन्दै श्रीमद भागवत ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती कार्यक्रमको उद्घाटन गरिएको छ ।


ADVERTISEMENT


बौद्ध दर्शनका गुरु एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाबाट उद्घाटन गरिएको सो महायज्ञमा पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेका छन् । कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा वडा नं १७ पकडीहवामा आयोजित महायज्ञको उद्घाटन गर्दै डा लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए।


ADVERTISEMENT

# # #


उनले तीन करोड नेपाली जनता एकाापसमा मिलेर अगाडि बढेको जनाउँदै सबै धर्म र सम्प्रदायबीच बलियो एकता रहेको बताए । उहाँले हिन्दू धर्माम्वलम्बी लुम्बिनी र स्वयम्भू सहज रुपमा जाने गरेको बताए । उपाध्यक्ष डा लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सद्भावलाई भत्कन दिन नहुने बताए।

कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमा मिलेर बसेको समाज रहेको बताए । यही पुस २४ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथावाचन पं पोखरेल र उपवाचकमा प्रेम सुजन शास्त्री रहेका छन् ।