काठमाडौं-धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


काठमाण्डौबाट झापातर्फ गइरहेको टाटा–सुमो आज बिहान साढे २ बजेतिर पल्टिएर पोखरीमा डुब्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्रोतका अनुसार जानकारी प्राप्त भएको छ ।


ADVERTISEMENT

# # #


मृत्यु भएकामा पाँचथरकी प्रनिता राई, विराटनगर –४ की शारदा रेग्मी दाहाल, संखुवासभा ९ नयाँटोलका नवराज गिरी, मोरङ लेटाङ ८ का खेम रानामगर र जाते ५ का प्रल्हाद न्यौपाने र खोटाङ निरपानेडाँडाका याम बहादुर चौहान रहेको प्रहरीले जनाएको छ ।

सुमोमा ११ यात्रु सवार थिए ।