काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनलाई फुटाउन ठूलो कसरत भइरहेको दाबी गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको दाबी गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बाम गठबन्धनलाई फुटाउन नदिन सजक र सचेत रहनुपर्नेमा पनि जोड दिए । उनले मुलुकलाई समृद्ध बनाउने बामगठबन्धनको संकल्प पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष दाहालले नयाँ सरकार बन्ने वित्तिकै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन बाम गठबन्धनले सुशासन र विकासका प्राथमिकता निर्धारण गर्न कार्यदलनै गठन गरेको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


अध्यक्ष दाहालले जनादेश अनुसार सत्ता हस्तान्तरण गर्न समेत नदिने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई असफल बनाउन नेपाली जनताको बलियो एकताको आवश्यकतामा जोड दिए । नेपाललाई सुखी र समृद्ध भएको देख्न नचाहने शक्तिहरुलेनै सत्ता हस्तान्तरण प्रक्रियामा पनि अवरोध पुर्याइरहेको दावी गर्दै उनले मुलुकलाई स्थायित्व दिने, विकास निर्माणको कामलाई तीव्रता दिने र जनताको आकांक्षा सम्बोधन गर्ने चुनौती बामपन्थी नेतृत्वको सामू आएको समेत बताए ।