काठमाडौँ – राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएकी कोमल वलीले मुख खोलीकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार धारणा राख्दै मौनता तोडेकी हुन् ।


ADVERTISEMENT


नेकपा एमालेको तर्फबाट राष्ट्रियसभामा उमेदवार बनेपछि सामाजिक सञ्जालमा अनेक टिप्पणी बेहोरेकी वलीले आफूले राष्ट्रियसभा सदस्यजस्तो गरिमामाय पद चिट्ठामा नपाएको भन्दै एउटा जिम्मेवार राजनीतिक दलले एक देशभक्त नागरिकलाई देशको लागि केही गर भनेर थमाएको राजनीतिका रूपमा आफूले बुझेको भनेर प्रष्ट्याएकी छिन् ।


ADVERTISEMENT

# # #


८० को दशकमा अमेरिकी राष्ट्रपतिको रूपमा दुनियाँमा आफ्नो प्रभाव जमाउने रोनाल्ड रेगनको पृष्ठभूमिसमेत राजनीति नभएको दृष्टान्त दिँदै वलीले कलाक्षेत्रबाट राजनीतिमा सक्रिय हुन खोज्ने आफू दुनियाँको पहिलो वा अन्तिम पात्र नभएको जिकिर गरेकी छन् ।

त्यस्तै उनले भारतीय क्रिकेटर सचिन तेन्दुलकर, सिने क्षेत्रमा ख्याती कमाएकी जया प्रदा, जया बच्चन, रेखा, सवाना आजमीलगायतको उदाहरण पस्कँदै सबैलाई राजनीतिमा पस्न खुला भएको बताएकी छन् ।

उनले एउटी नारीको आवाज, एउटी कलाकारको संगीतलाई र एउटा सचेत नागरिकको इच्छाशक्तिलाई पार्टीले सम्मान गरेको भन्दै राष्ट्रिय सभामा वाम गठबन्धनको उमेदवारलाई मतदान गर्न मतदातासमक्ष अपिलसमेत गरेकी छन् ।