एजेन्सी – भारतको लोकसभामा बुधबार संसदको कार्यवाही चलिरहेको बेला एक व्यक्तिले दर्शक ग्यालरीबाट हाम फालेर सभामुखको आशनतर्फ कुद्ने प्रयास गरेका छन् ।


ADVERTISEMENT


बुधबार संसद बैठक चलिरहेका बेला दर्शक दीर्घामा रहेका ती व्यक्त त्यहाँबाट हाम फालेर सांसद बसेको ग्यालरी हुँदै सभामुखको आसनतर्फ जान खोजेका हुन् । सार्वजनिक भिडियोमा ती व्यक्ति सांसदको बेन्चमाथि उफ्रिँदै सभामुखको कुर्सीतर्फ सर्दै गरेको देख्न सकिन्छ । साथै उनको हातमा धुँवा फाल्ने सानमान समेत देख्न सकिन्छ । सांसदहरूले ती व्यक्तिलाई समात्न खोजिरहेका देखिन्छन्।


ADVERTISEMENT

# # #


ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनलाई सुरक्षाकर्मीले समातेपछि संसदको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो ।भारतीय संसदमा भएको हमलाको एक वर्ष दिनमा पुनः अनाधिकारिक व्यक्रिको प्रवेश र प्रदर्शनले गम्भीर सुरक्षा चुनौती थपिएको भारतीय मिडियाले बताएका छन् ।

यस घटनाबारे भातीय लोकसभाका सभामुख ओम बिरलाले सदनको कार्यवाही सुचारु हुँदा सदनलाई कसैले रोक्न नसक्ने बताए । सभामुख बिरलाले भने, ‘परिस्थिति जतिसुकै प्रतिकूल किन नहोस्, सदनलाई चलाउने दायित्व हामी सबैको हो, त्यो घटनापछि पनि सदन चल्यो, सदनलाई कसैले रोक्न सक्दैन।’

लोकसभाको कार्यवाही सुचारु भएपछि सभामुख बिरलाले सदनलाई भने, ‘लोकसभाले आफ्नो स्तरमा शून्य समयमा भएको घटनाको अनुसन्धान गरिरहेको छ। यस सम्बन्धमा दिल्ली पुलिसलाई आवश्यक निर्देशनहरू पनि दिइएको छ।’

‘हामी सबैलाई चिन्ताको विषय के थियो त्यो धुवाँ के थियो, प्रारम्भिक अनुसन्धानले यो सामान्य धुवाँ, सनसनीपूर्ण धुवाँ भएको खुलेको छ, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन ।’ उनले थपे, ‘ती दुई जना पक्राउ परेका छन्। उनीहरुको सबै सामग्री जफत गरिएको छ र बाहिर रहेका दुई जनालाई पनि पक्राउ गरिएको छ।’