काठमाडौं-गोरखाको उत्तरी क्षेत्रमा मंगलबार रातिबाट हिमपात सुरु भएको छ । जिल्लाको सामागाउँ, साम्दो, ल्हो, चुम्चेतमा मंगलवार रातिबाट हिमपात शुरु भएको हो । त्यस्तै लाप्राक र स्वाँरामा पनि बुधवार बिहानबाट हिमपात शुरु भएको छ ।


ADVERTISEMENT


‘बिहान ४ बजेदेखि लगातार हिउँ परिरहेको छ,’ लाप्राकका भविराज गुरुङले भने, ‘दिनभर हिउँ पर्न रोकिएला जस्तो छैन ।’ बारपाकका यम घलेले माथितिर लगातार हिउँ परिरहेको र केही समय यो क्रम जारी रहे बारपाकसम्म आइपुग्ने बताए ।


ADVERTISEMENT

# # #


हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण दैनिक कामकाज पनि प्रभावित बनेको सामागाउँका स्थानीय मिङमार लामाले बताए । ‘डेढ महिनाअघि पर्नुपर्ने हिउँ अहिले पर्यो, अब केही दिन लगातार पर्ला जस्तो छ’, लामाले भने ।

लगातार हिमपात हुन थालेपछि स्थानीयहरु खाद्यान्न सँगै याक र चौरीलाइ घाँसको जोहो गर्न जुटेका छन् ।