काठमाडौं-आर्सनलका एलेक्स सान्चेज म्यानचेस्टर युनाइटेड भित्रिएका छन्। जोसे मोरिन्होको टिम युनाइटेडले सान्चेजलाई आर्सनलबाट आफ्नो क्लब ल्याउनका लागि सम्झौता गरेको हो।


ADVERTISEMENT


युनाइटेडका हेनरिक मेखतारियनलाई आर्सनल पठाएपछि सान्चेज भित्रिएका हुन्। गएको समरमा लगभग म्यानचेस्टर सिटी गइसकेका २९ वर्षे चिलियन सान्चेजले म्यानचेस्टर युनाइटेडसँग साढे चार वर्षको सम्झौता गरेका छन्।


ADVERTISEMENT

# # #


उनले कर कटाएर वर्षको १४ मिलियन पाउण्ड आय गर्नेछन्। उनी युनाइटेडमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका छन् । सिटीले गएको हप्ता सान्चेजलाई अहिले अनुबन्ध गर्ने होडबाट आफूलाई पछि पारेको थियो।

युनाइटेडमा सान्चेजले यसअघि डेभिड बेहकम, क्रिस्टियानो रोनाल्डोले लगाएको जर्सी नम्बर ७ लगाउने भएका छन् । युनाइटेड टिभीसँग कुरागर्दै सान्चेजले ऐतिहासिक ७ नम्बर जर्सी पाउँदा आफ्नो सपना पुरा भएको बताएका छन् ।

२०१४ मा बार्सिलोनाबाट आर्सनल आएका सान्चेजले आर्सनलमा कुल १६५ खेल खेलेका छन् भने ८० गोल गरेका छन् । यसअघि बार्सिलोनामा १४१ खेल खेल्दै ४७ गोल गरेका सान्चेजले आफ्नो राष्ट्रिय टिम चिलीका लागि अहिलेसम्म ११९ खेल खेल्दै ३९ गोल गरेका छन् । आर्सनलमा हुँदा सान्चेजले दुई एफए कप र एक कम्युनिटी सिल्ड जितेका छन् ।