काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ ।


ADVERTISEMENT


शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई निगमको ईन्धन भण्डारण जग्गा खरिद अनियमिततामा छानविन गर्न आयोगमा बोलाएर बयान लिन थालिएको छ ।


ADVERTISEMENT

# # #


आपुर्ति मन्त्रालय र संसदीय समितिले अनियमितता भएको ठहर गरिसकेको जग्गा खरिद प्रकरणमा आयोगले खड्कासँग मंगलबार बयान लिएको छ । मंगलबार बयान नसकिएपछि गोपाल खड्कालाई बुधबार पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ । -आजको नागरिक दैनिकबाट