काठमाडौँ – सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरवारमा सञ्चारमाध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महांसंघ र श्रमजीवी–पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा मन्त्री शर्माले ऐन कार्यान्वयनमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै आवश्यक परे समाधान गरिने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्नुपर्ने र ऐनमा कमी कमजोरी देखिए पूर्ण बनाउनुपर्ने धारणा राखिन् । उनले सञ्चारमाध्यममा देखिएको श्रमका समस्याप्रति मन्त्रालय जानकार रहेकाले सूचना तथा प्रसारण विभागलाई समाधानका लागि आग्रह गरिएको जानकारी दिइन् । मन्त्री शर्माले सहज रुपमा श्रम सम्बन्धी विषय हल हुन नसके कानुनी बाटो खुल्ला गर्नुपर्नेमा मन्त्रालय प्रष्ट रहेको बताइन् ।

त्यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सवै कानून लागू भएपनि श्रमजीवी–पत्रकारसम्बन्धी कानून लागू हुन नसकेको बताए । श्रमजिवी पत्रकारको हित र सम्पादकीय वा प्रेस स्वतन्त्रता बाहेक अन्य विषयमा ऐन परिमार्जन गर्न महासंघ तयार रहेको उनले बताए । श्रम अधिकारका लागि महासंघ सदैव अग्रमोर्चामा रहेर लड्ने उनको भनाइ छ ।

विभिन्न सञ्चारमाध्यममा व्यवस्थापकहरुले श्रमजीवी–पत्रकारलाई जबर्जस्त निष्काशन, तलव रोक्का, अनावश्यक सरुवा गरेकोमा कानुन अनुरुप कार्वाही, पारिश्रमिक वृद्धि, ऐनमा तोकिएको सेवासुविधा लागू गर्नेलगायतका विषयमा नेपाल पत्रकार महांसंघ र श्रमजीवी–पत्रकार संघ, नेपालले संयुक्त रुपमा सञ्चार मन्त्रीको ध्यानाकर्षण गराएको हो ।