काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार काठमाडौंमा आयोजना गरेको वल्र्ड इन्भेस्टर विक–२०२३ मा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउदै आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


इनसाइडर ट्रेनिङ र सूचना लिक हुने प्रवृत्तिलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्ने उनले बताए । लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने र सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी रहेको उनको धारणा छ ।

विविध कारणले सेयर बजार अहिले तल झरेको र माइक्रो म्यानेजमेन्टमा समस्या भएकाले समाधान हुने विश्वास व्यक्त गर्दै उनले सेयर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर समेत गरेका छन् ।