काठमाडौँ– अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । प्रहरीले उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले बाएको छ ।
जिल्ला अदालत काठमाडौँले विश्वासघातको मुद्दामा पक्राउ परेका अभिनेता अनमोल केसीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई गएराति नै रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । रिहापछि अनमोल घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका थिए ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भन्दै उनीविरुद्ध चलचित्र निर्माूण पक्षको उजुरी परेको छ ।