काठमाडौँ – मालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पासना पौडेल नियुक्त भएकी छन् ।आइतबार बसेको कम्पनीको बोर्ड बैठकले सीईओ चन्द्रशेखरन् रामामूर्तिले राजीनामा स्वीकृत गर्दै पौडेललाई सीईओको बनाउने निर्णय गरेको हो ।
पौडेल यसअघि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)का रुपमा कार्यरत थिइन् । उनको नियुक्तिपछि कम्पनीले नियुक्तिको जानकारी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ।
भारत र नेपालमा बीमा र दूरसञ्चार उद्योगमा एक दशकभन्दा लामो समय कार्यअनसभव हासिल गरेकी पौडेलले युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओको रुपमा काम गरिसकेकी छन् । त्यसअघि उनले भोडाफोन, आईसीआईसीआई लोम्बार्ड र भारती एक्सा जनरल इन्स्योरेन्स जस्ता भारतीय बजार बीमा र टेलिकम कम्पनीमा काम गरेकी थिइन् ।
पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छिन्।
सेवा गर्ने एक दशकभन्दा बढी कार्य अनुभवका साथ, उनले नेपालमा एक निर्जीवन बीमा कम्पनी (युनाइटेड इन्स्योरेन्स) को सीईओको रूपमा पनि सफलतापूर्वक काम गरिसकेकी छिन्। त्यसअघि, उनले दिग्गजहरूसँग मार्केटिङ र रणनीति, उत्पादन विकास, अन्डरराइटिङ, र टेक्नोलोजी विभागमा विभिन्न नेतृत्व भूमिकाहरूमा काम गरिन्।